जनकपुरमै पांग्रा छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण गरेपछि छानबिन सुरु

जनकपुरमै पांग्रा छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण गरेपछि छानबिन सुरु


  • 8.5K
    SHARES
    • फाल्गुण २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 13.1K Views

    जनकपुरमै पांग्रा छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण गरेपछि छानबिन सुरु

    काठमाडौं, २३ फागुन । बिहीबार जनकपुरबाट काठमाडौं आएको बुद्ध एअरको जहाजले एक पांग्रा जनकपुर विमानस्थलमै छाडेको खुलेको छ । 

    images

    बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।

    बुद्ध एयरले पांग्रा बिनै उडान भरिएको स्वीकार गरेको छ । काठमाडौं आइपुगेपछि मात्र अगाडिको पांग्रा नभएको थाहा भएको कम्पनीले जनाएको छ । 

    त्यस्तै, जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको र यो विषयमा अनुसन्धान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जनाएका छन् ।

    बुद्धको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक एएनएच जहाजले काठमाडौंस्थित त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अवतरण गरेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने जनकपुरबाट काठमाडौं आएको विमानको पांग्रा नभएको विषयमा पार्किङमा पुगेपछि मात्र थाहा भएको र यसको अनुसन्धान अघि बढिसकेको बताउनुभयो।

    उनका अनुसार अवतरण पछि पांग्रा खोजी गर्दा जनकपुर विमानस्थलमै छुटेको पाइएको छ । उक्त जहाजमा ६२ यात्रु रहेको उनले जानकारी दिए । उक्त जहाजले जनकपुरबाट काठमाडौंका लागि दिउँसो ४ बजे उडान भरेको थियो ।


    तेस्रो आँखा