• ट्रेण्डिङ्ग :
टिपताला सडक कालोपत्रेका लागि चीनसँग प्रस्वात गर्न आग्रह

टिपताला सडक कालोपत्रेका लागि चीनसँग प्रस्वात गर्न आग्रह


  • 9.5K
    SHARES
    • फाल्गुण २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 14.6K Views

    टिपताला सडक कालोपत्रेका लागि चीनसँग प्रस्वात गर्न आग्रह

    ताप्लेजुङ, फागुन २३ । परराष्ट्रमन्त्री डा. आर्जु राणालाई भेटेर प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङ–टिपताला सडक कालोपत्रे गर्नका लागि चीनसँग प्रस्ताव राख्न अनुरोध गर्नुभएको छ । एमाले सचिवसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य भट्टराईले सोमबार परराष्ट्रमन्त्री राणालाई भेट गरी उक्त प्रस्ताव राख्न अनुरोध गर्नुभएको हो ।

    images

    ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपटलासम्म (८५ किमी) सडक विस्तारसहित कालोपत्रे गर्न नेपाल सरकारका तर्फबाट चिनियाँ सरकारसँग औपचारिक प्रस्ताव अघि बढाउन मन्त्री राणासमक्ष भट्टराईले आग्रह गर्नुभएको छ । सडक कालोपत्रे र आवश्यक पुल ९मोटर गुड्ने पुल० निर्माणका लागि चीन सरकारको सहयोग लिन सरकारले छलफलको प्रक्रिया अघि बढ़ाउनुपर्ने भट्टराईले उल्लेख गर्नुभएको छ ।

    भट्टराईले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्तावसहितको कागजात परराष्ट्रमन्त्री राणालाई बुझाउनुभएको छ । ताप्लेजुङ–टिपताला सडक कालोपत्रेका लागि चीनसँग प्रस्ताव गर्ने कागजात बुझ्नुहुँदै मन्त्री राणाले पनि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।

    निर्माणाधीन तमोर कोरिडोरअन्तर्गत भर्खरै टिपतालासम्म ट्रयाक जोडिएको सडक कालोपत्रे भएमा जिल्लाको विकासले फड्को मार्ने छ । जिल्लाको पूर्वाधार विकाससँगै टिपताला कञ्चनजङ्घा हिमशृङ्खला नजिक पर्ने भएकाले सडक कालोपत्रे हुँदा पर्यटन प्रवर्द्धन र विकासमा पनि वृद्धि हुने छ । यो सडक भारतको सिमाना जोगवनी रानी हुँदे तिब्बत जोडने त्रिदेशीय सडक सञ्जालको रुपमासमेत रहेको छ ।


    तेस्रो आँखा