• ट्रेण्डिङ्ग :
तुलसीपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते

तुलसीपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते


  • 13.8K
    SHARES
    • फाल्गुण २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 21.3K Views

    तुलसीपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते

    तुलसीपुर, फागुन २३ । दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा चालक तुलसीपुर उपमहानगरपालिका–१ भम्केका ५६ वर्षीय नेत्रलाल पौडेल, रा २ प ५२८४ नम्बरको मोटरसाइकल चालक राजपुर गाउँपालिका– ७ का ५० वर्षीय पशुराम साहु र सवार सोही ठाउँका ३५ वर्षका नन्दा पुन मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणले जानकारी दिनुभयो । 

    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरका घाइते पौडेलको दायाँ हात, बायाँ खुट्टा र मुखमा चोट लागेको र पौडेलको अवस्था मध्यम रहेको छ।  

    प्रहरी निरीक्षक रानाका अनुसार घाइते साहुको टाउको, मुख र बायाँ हातमा चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार पुनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक रानाले बताउनुभयो । 

    घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट शीतलपुरतर्फ जाँदै गरेको रा ३ प २५३४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा २ प ५२८४ नम्बरको मोटरसाइकल शुक्रबार बिहान ११ बजेतिर तुलसीपुर– ११ उरहरी चोकमा एकआपसमा ठोक्किएका थिए । 

    दुबै मोटरसाइकललाई प्रहरी चौकी जसपुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा