• ट्रेण्डिङ्ग :
तिब्बत भूकम्पको धक्का काठमाडौँमा

तिब्बत भूकम्पको धक्का काठमाडौँमा


  • 4.0K
    SHARES
    • फाल्गुण २४, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.1K Views

    तिब्बत भूकम्पको धक्का काठमाडौँमा

    काठमाडौँ, फागुन २४ । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार अपराह्न १४ः३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प भएको हो ।

    images

    यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो ।

    आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ । आजै बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रिक्टरको भूकम्प भएको थियो । 


    तेस्रो आँखा