• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान


  • 7.3K
    SHARES
    • फाल्गुण २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 11.3K Views

    परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

    काठमाडौँ, फागुन २६ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गर्नुभएको छ ।

    images

    मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ ।

    मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो ।

    त्यसपछि मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनुहुने छ । 

    भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा। राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा. राणाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

    साथै यही भ्रमणकै क्रममा मन्त्री डा। राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउनुहुने कार्यक्रम रहेको छ 


    तेस्रो आँखा