विंगर दुर्घटनामा एक जनाको मृत्यु

विंगर दुर्घटनामा एक जनाको मृत्यु


  • 3.3K
    SHARES
    • फाल्गुण २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.1K Views

    विंगर दुर्घटनामा एक जनाको मृत्यु

    सप्तरी, फागुन २७ । सप्तरीमा विंगर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । मृत्युु हुनेमा रूपनी गाउँपालिका वडा नं १ नकटी रायपुरका रघु यादव रहेका छन् ।

    images

    सोमबार राति राजविराजबाट रूपनी आउने क्रममा विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा विंगर दुर्घटना भएको हो ।

    दुर्घटना परी गम्भीर घाइते हुनुभएको यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्युु भएको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभएको छ ।


    तेस्रो आँखा