• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत

प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत


  • 4.1K
    SHARES
    • फाल्गुण २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.2K Views

    प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत

    काठमाडौं, फागुन २८ । प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो विधेयक प्रस्तुत गर्नुभएको हो ।

    images

    सो विधेयकमाथि सांसद प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल, मिना तामाङ, रूपा सोशी ९चौधरी०, चित्रबहादुर केसी, रामकुमार राई, लेखनाय दाहाल, पूर्णबहादुर घर्ति मगर र सुमना श्रेष्ठले विरोधको सूचना हाल्नुभएको थियो । 

    विरोधको सूचना राख्नुहुने सांसदहरूको राख्नुको भएको जिज्ञासाको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सरकारले समस्या ग्रस्त सहकारी गठन गरेको र २२ वटा समस्याग्रस्त सहकारी घोषण गरेर ३ वटा सरकारीको समस्या समाधान गरेको बताउनुभयो । दश वटा सहकारीको रमक फिर्ता गराउन सरकार सफल भएको उहाँके भनाइ छ ।


    तेस्रो आँखा