श्रम समझदारीविपरीत श्रमिक भर्ना नगर्ने यूएईकाे प्रतिबद्धता

श्रम समझदारीविपरीत श्रमिक भर्ना नगर्ने यूएईकाे प्रतिबद्धता


  • 9.6K
    SHARES
    • चैत्र ३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    श्रम समझदारीविपरीत श्रमिक भर्ना नगर्ने यूएईकाे प्रतिबद्धता

    काठमाडाैं,३ चैत्र ।  संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगको श्रम समझदारीविपरीत श्रमिक भर्ना नगर्ने प्रतिबद्धता जनाएको छ । आबुधाबीमा मंगलबार सम्पन्न नेपाल र यूएईका उच्च अधिकारीबीचको बैठकमा यूएईले त्यस्तो प्रतिबद्धता जनाएको हो । दुई देशबीच स्थापित संयन्त्रभित्रबाटै नेपालीलाई अवसर दिने नीति कडाइका साथ कार्यान्वयन गर्न यूएई सहमत भएको छ ।

    images

    आबुधाबीमा सम्पन्न उच्चस्तरीय संयुक्त समितिको बैठकमा भिजिट भिसामार्फत श्रमिकको तस्करी गर्नेलाई कारबाही गर्नसमेत यूएई तयार देखिएको छ । बैठकअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्री अब्दुल रहमान अब्दुल मानन अल अवारबीचको बैठकले श्रम समझदारीलाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति गरेको थियो ।

    कोभिडपछि यूएईका रोजगारदाताले श्रम समझदारीलाई ‘बाइपास’ गर्दै श्रमिक भर्ना गर्ने प्रवृत्ति बढेको भन्दै सरोकार पक्षहरूले औपचारिक संयन्त्रमार्फत यूएई सरकारको ध्यानाकर्षण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दबाब दिँदै आएका थिए । सरकारी तथ्यांकअनुसार गएको एक वर्षमा करिब ८० हजार नेपाली कामको खोजीमा भिजिट भिसामार्फत यूएई पुगेका थिए ।

    संयुक्त समितिको बैठक श्रम समझदारीको कार्यान्वयनमा देखिएको जटिलताको सम्बन्धमा छलफल गर्ने औपचारिक थलो हो । बैठकमा श्रम मन्त्रालयले यूएईका समकक्षीसमक्ष रोजगारदाता कम्पनीले श्रम समझदारीको मर्म र भावनाविपरीत कामदार भर्ना भइरहेको प्रति ध्यानाकर्षण जनाएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप