शिक्षा क्षेत्रलाई बलियो बनाउनका लागि संस्थागत विद्यालयको महत्त्वपूर्ण भुमिका: पुर्वमन्त्री मास्की

शिक्षा क्षेत्रलाई बलियो बनाउनका लागि संस्थागत विद्यालयको महत्त्वपूर्ण भुमिका: पुर्वमन्त्री मास्की


  • 15.4K
    SHARES
    • चैत्र १, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 23.6K Views

    शिक्षा क्षेत्रलाई बलियो बनाउनका लागि संस्थागत विद्यालयको महत्त्वपूर्ण भुमिका: पुर्वमन्त्री मास्की

    तुलसीपुर, २ चैत । लुम्बिनी प्रदेशका पुर्व अर्थमन्त्री एवम् प्रदेश सभा सदस्य धन बहादुर मास्कीले शिक्षा क्षेत्रलाई बलियो बनाउनका लागि संस्थागत विद्यालयहरुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भएको छ । शनिबार तुलसीपुरको पिस पाइनर इङ्लिस बोर्डिङ स्कुलकाे २२ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

    images

    शिक्षा क्षेत्रलाई व्यवसायीक, व्यवहारिक र प्राविधिक शिक्षासंग जोड्न सबै विद्यालयहरुलाई आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ र रोजगार क्षेत्रलाई राज्यले नै एक सुनिश्चित अधिकार दिएकाे बताउनुभयो । यी क्षेत्रहरुको लागि नेपाल सरकारले ठुलो धनराशि लगानी गरेको उहाँको भनाइ छ । 

    'पछिल्लो समयमा १८ बर्ष पुगेका विद्यार्थीहरुले पासपोर्ट बनाउन तिर लाग्छन्' उहाँले भन्नुभयो, 'हाम्रो देशमा १२ कक्षासम्म पढ्ने र स्नातक तहको शिक्षा लिएर पनि कुनै काम छैन भन्ने प्रवृत्ति विद्यार्थीमा आएको छ' । विद्यार्थीलाई देशमै रोजगारी प्राप्त गर्न योग्य बनाउनका लागि प्राविधिक शिक्षा दिन जरुरी रहेको उहाँको भनाइ छ ।छोराछोरीकाे स्वभाव बुझेर उनिहरुको स्वभाव अनुसारको वातावरण सृजना गर्न मन्त्री मास्कीले अभिभावकलाई आग्रह गर्नुभयो ।

    WhatsApp Image 2025-03-15 at 20.18.48_f6f485cd.jpg

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर-६ का वडा अध्यक्ष दुजमान भण्डारीले शिक्षा, खेलकुद र कला संस्कृति संरक्षणमा तुलसीपुर क्षेत्र सधैं अगाडि रहेको बताउनुभयो । विद्यालय क्षेत्रमा ६ नम्बर वडामा निजी विद्यालयहरु धेरै भएको उहाँको भनाइ रहेको छ । भण्डारीले सबै समुदायिक तथा संस्थागत विद्यालयहरुसंग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताउनुभयो । नेपाली विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्ने सक्ने क्षमता भएका विद्यार्थीहरु उत्पादन गर्ने विद्यालयलाई आग्रह गर्नुभयो । आफ्न छोराछोरीलाई नेपालमा नै बस्ने वातावरण सृजना गर्नको लागि अभिभावकको प्रमुख भुमिका रहेको उहाँको भनाइ छ । 

    पिस पाइनर इङ्लिस बोर्डिङ स्कुल तुलसीपुरले २२ औं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । शनिबार तुलसीपुरका ड्रिम्स ब्यान्केटमा २२ औं बार्षिक उत्सव मनाएको हो । उक्त अवसरमा विभिन्न कला संस्कृति जगेर्ना गर्ने उदेश्यले विद्यार्थीहरुले आफ्नो कला प्रदशन गरेका थिए ।

    WhatsApp Image 2025-03-15 at 20.18.48_0056a7b0.jpg

    डिभाइन एजुकेसन फाउन्डेसनका सियिओ भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महेश लामिछानेले गर्नुभएको थियो

     

  • सम्बन्धित विषय:

  • # धन बहादुर मास्की

  • तेस्रो आँखा