तुलसीपुर, ४ चैत । तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा दोस्रो कार्यकालका लागि यमकान्त भण्डारी निर्वाचित हुनुभएको छ । अबका तीन वर्ष दोस्रो कार्यकालका लागि खानेपानीको नेतृत्वमा भण्डारी हुनुनेछ । नौ जना पदाधिकारी मध्य एक जना बाहेक सबै पदहरुमा काँग्रेस उम्मेदवार निर्वाचित हुनुभएको छ ।
सोमबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार भण्डारीले दुई हजार नौं सय ६९ मत प्राप्त गरि बिजयी हुनुभएको हाे । भण्डारी यसअघि पनि खानेपानीको अध्यक्ष हुनुहुन्थ्यो ।
निर्वाचन समितिका संयोजक प्रदीपकुमार धितालका अनुसार २९६९ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले २३८१ मत प्राप्त गर्नुभएको थियोे । अध्यक्षमा निर्वाचित भण्डारी निकटतम प्रतिष्पर्धी शर्मा भन्दा ५८८ मत बढी प्राप्त गरि निर्वाचित हुनुभएको हाे ।
खानेपानीको नेतृत्व चुन्न शनिबार भएको निर्वाचनको अन्तिम सार्वजनिक मत परिणाम अनुसार प्रतिष्पर्धी मध्य नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले १२१३ मत प्राप्त गर्नु भएको छ। लामिछाने प्राप्त गरेको मत अध्यक्षमा निर्वाचित भण्डारी भन्दा १७५६ले कम हो । लामिछाने शर्मा भन्दा ११६८ मत कम प्राप्त गर्नुभयाे ।
उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्मा निर्वाचित हुनुभएको छ । २७०६ मत प्राप्त गरि शर्मा निर्वाचित हुनु भएको हाे
उनका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसीले १९०३ र अर्का प्रतिपर्धी माओबादीका दुर्गाप्रशाद भण्डारीले १४२० मत प्राप्त गर्नुभयो । काँग्रेसका शर्माले राप्रपाका केसी भन्दा ८०३ र माओबादीका भण्डारी भन्दा १२८६ मत बढी मत प्राप्त गरि निर्वाचित हुनुभएको हाे ।
सचिव पदमा भने नेकपा एमालेका भुवन भुसाल निर्वाचित हुनुभएको छ । भुसालले २४५१ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रञ्जनकुमार शर्माले २४१३ मत प्राप्त गर्नुभयाे । यी दुई बीचको मतान्तरण ३८ छ ।
मतगणनाको सुरुमा परिणाम सार्वजनिक हुँदा भुसालको अग्रता थियो । त्यसपछि भने काँग्रेसका शर्माले अग्रता लिनुभएकाे थियोे ।
यी दुई बीचको रोचक प्रतिष्र्धाका बीच अन्तिममा भुसाल झिनो मतान्तरले निर्वाचित हुनु भएकाे हाे। सचिव पदका अर्का उम्मेदवार माओबादी केन्द्रका रुद्रबहादुर वलीले १०९५ मत प्राप्त गर्नुभयो।
कोषाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै भोलाप्रशाद थापा बिजयी हुनुभएको छ । थापाले निर्वाचनमै सबैभन्दा लोकप्रिय मत प्राप्त गर्नुभयो । थापा ३२६८ मत प्राप्त गरि निर्वाचित हुनुभएको हाे ।
कोषाध्यक्ष पदमा एमालेकी सुशिला न्यौंपानेले १४२३ र माओबादीका कर्णबहादुर वलीले १२०६ मत प्राप्त गर्नुभएकाे थियोे । थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न सफल हुनुभयो।
सदस्य तर्फका पाँचै सिट नेपाली काँग्रेसका उम्मेदवारले जितेका छन् । खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसकै प्रमोदकुमार योगी (शरद) २५०७ र बुद्धिराम चौधरी २१२० मत प्राप्त गरि निर्वाचित भए । अन्य दलका उम्मेदवारहरुले आधा कम मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ सुष्मा अधिकारी २४५९ , लुमा बुढा मगर २३८५ र शारदी सार्कीले २१४८ मत प्राप्त गरि निर्वाचित भए । शनिबार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार १ सय ८२ मत खसेको थियो । निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए ।
