• ट्रेण्डिङ्ग :
ट्राफिक चेकजाँच कडा : लापरबाही र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधन होल्डमा

ट्राफिक चेकजाँच कडा : लापरबाही र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधन होल्डमा


  • 8.0K
    SHARES
    • चैत्र ३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    ट्राफिक चेकजाँच कडा : लापरबाही र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधन होल्डमा

    काठमाडौं, ३ चैत। हाेलीकाे दिन आज अहिलेसम्म लापरबाही गरेर सवारी चलाएका र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधनलाई होल्डमा राखेको ट्राफिक प्रहरीले जनाएकाे छ । 

    images

    तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए। नियन्त्रणमा लिइएका सवारीलाई दिनभर होल्ड गरेर साँझतिर छोडिने उनले बताए।  

    उनकाअनुसार गत वर्ष होलीको दिन मात्रै ४७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए। यो वर्ष सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ। 

    काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेको छ। यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानी समेत भइरहेको उनले जानकारी दिए। 

    उनकाअनुसार सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको छ। सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ। 

     


    तेस्रो आँखा