तुलसीपुर, ९ चैत । दाङको तुलसीपुरमा माेटरसाइकलले ठक्कर दिदा चालक सहित पैदल यात्री घाइते भएका छन ।
घाइते हुनेमा तुलसीपुर-१८ निवासी चालक ५८ बर्षिय लाेक बहादुर बहकारी र घाेराही-९ निवासी पैदल यात्री ५५ बर्षिय हुर्मत कार्की रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सनिवार साझ ७ बजे मज्गैबाट तुलसीपुर तर्फ आउदै गरेको रा ६ प ८६१६ नम्बरकाे माेटरसाइकलले बेलझुन्डिमा पैदल यात्रीलाई ठक्कर दिएको थियोे । घाइते भएका दुईजनाकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
माेटरसाइकल प्रहरीकाे नियन्त्रणमा छ । साथै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
