• ट्रेण्डिङ्ग :
आगलागीबाट २२ लाख बराबरको क्षति

आगलागीबाट २२ लाख बराबरको क्षति


  • 6.0K
    SHARES
    • चैत्र ९, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 9.2K Views

    आगलागीबाट २२ लाख बराबरको क्षति

    गुल्मी, चैत १० । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर – १ जुकेपानीस्थित निस्तिखोलाको जङ्गलबाट सुरु भएको आगोले २२ लाख रुपियाँ बराबरको क्षति भएको छ । आगोले स्थानीय ५० वर्षीय कमला कुँवरको ढुङ्गा माटोले बनेको टिनले छाएको दुई तले कच्ची घर र एक तले कच्ची गोठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार दिउँसो त्यहाँको खरबारी हुँदै निस्केको आगोले घरभित्र रहेका सम्पूर्ण सामान जलेका छन् । त्यसैगरी गोठमा रहेका चार बाख्रा, दुई भैंसी, दुई कुखुरा जलेर नष्ट भएका हुन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी टोली र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो ।


    तेस्रो आँखा