• ट्रेण्डिङ्ग :
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग

स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग


  • 6.1K
    SHARES
    • चैत्र ९, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 9.4K Views

    स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग

    धनगढी, चैत १० । गाउँपालिका महासंघले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ । महासंघले आइतबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई चार बुँदे मागपत्र बुझाउँदै स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गरेको हो। 

    images

    महासंघका अध्यक्ष उत्तमबहादुर रोकायाले मुख्यमन्त्री शाहलाई मागपत्र बुझाउनु भएको थियो । महासंघले समपूरक र विशेष अनुदान प्राथमिकताका साथ दिइनु पर्ने माग गरेको छ । 

    यसैगरी, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालनका लागि पिएलजिएसपी कार्यक्रमसँग समन्वय गरी संयुक्त रुपमा कार्यक्रम गर्नमा सहजीकरण गर्नुपर्ने माग अगाडि सारिएको छ । यस्तै, महासंघ प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनको स्रोत उलब्ध गराउनु पर्ने प्रदेश सरकारसँग माग राखिएको छ । 

    मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले स्थानीय सेवा ऐन प्रदेश सरकारले तुरुन्त जारी गर्ने प्रतिबद्धता जनाउनुभयो । बाँकी माग पनि आवश्यक छलफल र समन्वय गरेर सम्बोधन गरिने मुख्यमन्त्रीको भनाइ थियो । 


    तेस्रो आँखा