कोशी प्रदेशमा हिमपातको सम्भावना

कोशी प्रदेशमा हिमपातको सम्भावना


  • 6.0K
    SHARES
    • चैत्र ९, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 9.2K Views

    कोशी प्रदेशमा हिमपातको सम्भावना

    काठमाडौँ, चैत १० । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

    images

    महाशाखाले आइतबार आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आइतबार रातिदेखि कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । 

    महाशाखाका अनुसार आगामी तीन दिन मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।   

    यसैगरी, कोशी प्रदेशको हिमाली क्षेत्रमा भने सोमबार र मङ्गलबार दिउँसो बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


    तेस्रो आँखा