आगामी निर्वाचनका लागि आचार संहिता तयार

आगामी निर्वाचनका लागि आचार संहिता तयार


  • 14.7K
    SHARES
    • चैत्र ३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 22.6K Views

    आगामी निर्वाचनका लागि आचार संहिता तयार

    काठमाडाैं,३ चैत्र ।  निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचार संहिता तयार पारेको छ । निर्वाचन आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरिसकेको निर्वाचन आयोगले नाउको छ ।

    images

    उक्त आचार संहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ । आयोगले तयार पारेको आचार संहिता केही दिनपछि लागू हुने बताइएकाे छ । आचारसंहिता चैतको दोस्रो साताबाट लागू हुनसक्ने आयोगका सह प्रवक्ता काेम धमलाले जानकारी दिए ।  

    आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले मनोनयन दर्ता गर्ने बेलासम्म बहाल रहेको पदबाट राजीनामा दिइसक्नु पर्ने उल्लेख गरिएको छ । आचार संहितामा सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू पनि समावेश गरिएको छ। राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर पनि प्रयोग गर्न पाउने आचार संहितामा उल्लेख छ । 

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग

  • तेस्रो आँखा
    लेखकबाट थप