काठमाडौं, ३ चैत । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर १ तलुवाका वडा अध्यक्ष केदारबाबु बस्नेतले कार्यालय सहयोगीको तलब विगत चार वर्ष देखि आफैले निकालेर खर्च गर्ने गरेकाे खुलेकाे छ। वडा कार्यालयमा सहयोगीको भूमिकामा काम गर्दै आएका स्थानीय पूर्ण बहादुर श्रेष्ठको तलव अध्यक्ष बस्नेतले निकाल्ने र अफै खर्च गर्ने गरेको तथ्य तेस्रो आँखाले फेला पारेको हो।
२०५० सालमा मासिक ५ सय रुपौयाँबाट जागिर खान थालेका श्रेष्ठलाई अहिले कति तलब आउछ भन्ने समेत थाहा छैन् । स्थानीय तहको निर्वाचन हुनु भन्दा अघिसम्म गाविस सचिवले मासिक तलब ६ हजार, ८ हजार हुँदै १० हजार रुपौंया सम्म पुर्याइदिएका थिए। त्यसबेलासम्म उनले बैंक खातासमेत खोलेका थिएनन्। तलब बापतको रकम गाविस सचिवले हातमै उपलब्ध गराउने गरेको पूर्णबहादुर श्रेष्ठले बताए। उनले भने, ‘२०७५ साल अघिसम्म बैंक खाता थिएन’, सचिवले हातैमा पैसा दिनुहुन्थ्यो।’ स्थानीय तहको चुनाव पछि अनिवार्य खाता खोल्नु पर्ने भएपछि त्यसयता खातामा तलब आउन थालेपनि आफ्नै खाताबाट एक पटक पनि पैसा ननिकाले श्रेष्ठले बताए।
चेकबुक समेत अध्यक्षले नै राखेर आफ्नो खाताबाट पैसा निकालेर ल्याइदिनेगरेको उनको भनाइ छ। सिद्धिचरण नगरपालिकाले श्रेष्ठको व्यक्तिगत खातामा जम्मा गरिदिएको तलब बापतको रकम अध्यक्ष बस्नेतले २०७५ सालबाट निकाल्ने गरेको बैंक स्टेटम्यान्टले देखाउँछ।
सदरमुकाम जान–आउन एक हजार भन्दा बढी खर्च लाग्ने श्रेष्ठले आफैले भोट दिएर जिताएका जनप्रतिनिधिलाई चार वर्षसम्म विश्वास गरेर चेक पठाइरहे। विपन्न परिवारका पूर्णबहादुरलाई दैनिक घर चलाउन निकै समस्या छ। ‘सदरमुकामस्थित बाणिज्य बैंक पुग्नलाई टाढा भएको भन्दै उनले भने,‘वडा अध्यक्षले नै चेक साटेर ल्याइदिन्छु भनेपछि विश्वासका आधारमा तीनवटा सम्म खाली चेकमा हस्ताक्षर गरेर पठाउने गरेको थिँए, उहाँले त मेरो आउने तलब नै थाहै नदिई मासिक ८ हजार मात्र ल्याएर दिने गर्नुभयो ।’ म सोझो मान्छे थाहै भएन ।’
२०५० सालदेखि गाविसको कार्यलयमा सहयोगीको रुपमा कार्यरत पूर्ण बहादुर श्रेष्ठ संघीयता पछि गठीत स्थानीय तह अन्तर्गत वडा कार्यालयमासमेत सोही पदमा कार्यरत छन्। सुरुमा मासिक ५ सय रुपौयाँबाट जागिर खान थालेका श्रेष्ठलाई अहिले कति तलब आउछ भन्ने समेत थाहा छैन्। स्थानीय तहको निर्वाचन हुनु भन्दा अघिसम्म गाविस सचिवले मासिक तलब ५ हजार, ६ हजार हुँदै ८ हजार रुपौंया सम्म पुर्याइदिएका थिए। त्यवेलासम्म उनले बैंक खाता खोलेका थिएनन्। तलब बापतको रकम गाविस सचिवले हातमै उपलब्ध गराउने गरेको उनि बताउँछन्। २० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनले नयाँ जनप्रतिनिधि ल्यायो। नयाँ जनप्रतिनिधिसँगै आएको नयाँ व्यवस्था अनुसार अनिवार्य खाता खोल्नु पर्ने प्रावधान आयो। नगरपालिकाबाट कति तलब आउँछ भन्ने सम्म थाहा नपाएका श्रेष्ठले वडा अध्यक्षलाई बस्नेतलाई जिज्ञशा राख्दा तिम्रो तलब नबढेको छैन भनेर जवाफ दिने गरेको उनले गुनासो गरे । उनले भने, ‘तबलभत्ता बापत आफ्नो खातमा आएको रकम निकालेर ८ हजार मात्रै दिएर बाँकी रकम अध्यक्षले नै खर्च गर्ने गरेको घटना भर्खरै थाहा पाइयो ।’
सिद्धिचरण नगरपालिकाले उनलाई मासिक १९,४८०।– रुपौंया खातामा पठाउँछ। यसका साथै चाडपर्व खर्च र पोशाक भत्ता समेत दिदै आएको छ। तर मासिक ८ हजार मत्रै पाउदै आएका श्रेष्ठलाई दशैंपछि ३ महिनाको भने तीस हजार पाएका थिए। ‘पछिल्लो महिनाको तलव फेरी ८ हजार नै दिन थालेपछि शंका लागेर सोधखोज गर्दा १९,४८० रुपौंया मासिक तलब आउने थाहा भएपछि अध्यक्षको कर्तुत बाहिर आएको पूर्ण बहादुरकी छोरी लिला श्रेष्ठले बताइन्। उनले भनिन्, ‘बुबाको सोझोपनको फाइदा उठाउँदै वडा अध्यक्ष बस्नेतले व्यक्तिगत खातामा आएको तलबसमेत किर्ते जालसाँझी गरेर चार वर्षदेखि खादै आएका रहेछन्।’ नगरपालिकाबाट १९४८०।– र पोशाक तथा चाडपर्व खर्चसमेत आउने रहेछ हामीलाई थाहै थिएन’, अध्यक्षबाटै हामी गठियौं।’ यस्ता वडा अध्यक्षलाई रकम असुल गरी कानुनी कारवाही हुनु पर्ने पूर्णबहादुरकी छोरी लिला श्रेष्ठको माग गरेकी छन्।
वडा अध्यक्ष बस्नेतले भने एउटाको तलबले दुइजना कर्मचारी बताए। सरकारी कर्मचारीको व्यक्तिगत खातामा आएको पैसा अर्कोलाइ दिन कानुनी तवरबाट नमिलेपनि आवश्यक्ताका आधारमा व्यवहारिक हिसावले कुरा मिलाएर दुइजना कर्मचारी राखेको र निज श्रेष्ठको खातामा आउने तलबबाटै अर्को सामाजिक परिचालक लाई समेत दिदै आएको उनले बताए।
सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार दाहालले भने भर्खरै कार्यभार सम्हालेकाले उक्त कुरा आफूसँग नआएको बताए। एउटा कर्मचारीका नाममा गएको तलब अर्कोलाइ दिन नमिल्ने भन्दै यसबारेमा थप बुझेर अघि बढ्ने उनको भनाइ छ। सिद्धिचरण नगरपालिकाका लेखा अधिकृत नरेश कटवालले कार्यालयबाट स्वयम कर्मचारीका खातमा गएको तलब भत्ता उनको व्यक्तिगत खाताबाट कसले के गर्यो भन्ने कुरा उनीहरुको व्यक्तिगत मामिला भएको बताए। नगरपालिकाले करार संझौताका आधारमा कर्मचारीलाई तोकिएको तलब भत्ता जम्मा गर्ने गरेको उनको भनाइ छ। वडाध्यक्ष बस्नेत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
