• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक जारी


  • 8.1K
    SHARES
    • चैत्र १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 12.4K Views

    प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक जारी

    काठमाडौँ, १३ चैत । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको सहभागिता रहेको छ ।

    images

    बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।

    यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका प्रतिनिभिहरु पनि सहभागी हुनुहुन्छ ।

    बैठकमा एमाले र कांग्रेसका अरू नेताहरू पनि सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालन तथा संसद्मा विचाराधीन कानुनहरूको निर्माणका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन् ।

     


    तेस्रो आँखा