‘गाई’ खाेज्न अदालतकाे ढाेका चाहार्ने तयारीमा कमल थापा 

‘गाई’ खाेज्न अदालतकाे ढाेका चाहार्ने तयारीमा कमल थापा 


  • 6.5K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    ‘गाई’ खाेज्न अदालतकाे ढाेका चाहार्ने तयारीमा कमल थापा 

    काठमाडाैं,४ चैत्र । राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ। स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो। राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो।

    images

    तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनले आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए। यसका लागी अदालतकाे ढाेका ढकढकाउन जाने राप्रपाकाे तयारी छ । 

    राप्रपाका महामन्त्री बर्तौलाले भने– ‘पार्टी एकता गरेपछि हामीले गाई चिन्ह छोडेर हलो चिन्ह लिएपछि गाई चिन्ह फ्रिज थियो । अहिले बनेको हाम्रो पार्टीका लागि गाई चिन्ह माग्दा आयोगले दिएन। हामी त्यसविरुद्ध अदालत जाने तयारी गरिरहेका छौँ। यसबारेमा कानुनी परामर्श पनि चलिरहेको छ। सम्भवत हामी स्थानीय चुनाव पछाडि वा त्यस अगाडि नै अदालत जान्छौँ।’

    उनले स्थानीय तहको चुनाव आइसकेका कारण अस्थायी प्रयोजनका लागि मात्रै तीर चिन्ह लिइएको बताए। यता निर्वाचन आयोगले भने राष्ट्रिय प्रतीक चिन्ह रहेका वस्तुहरु चुनाव चिन्हका रुपमा दिन नसकिने बताएको छ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय प्रतीक चिन्हको रुपमा रहेको गाई चिन्ह मागेका कारण आयोगले नदिएको उल्लेख गरे। आयोगले दिन नमिल्ने त्यस्ता केही चिन्हहरूको सूची राखेको र त्यस्ता चिन्हहरू दिन नमिल्ने बताए। राष्ट्रिय प्रतीक चिन्ह बाहेकका चिन्ह मात्रै दलहरूका लागि दिइने उनले बताए।

  • सम्बन्धित विषय:

  • # राप्रपा नेपाल

  • तेस्रो आँखा
    लेखकबाट थप