• ट्रेण्डिङ्ग :
कुलमान घिसिङको रिटमा सुनुवाइ जारी

कुलमान घिसिङको रिटमा सुनुवाइ जारी


  • 6.8K
    SHARES
    • चैत्र १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 10.5K Views

    कुलमान घिसिङको रिटमा सुनुवाइ जारी

    काठमाडौँ, चैत १५ । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सुनुवाइ जारी रहेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा उक्त रिटमा सुनुवाइ जारी रहेको हो ।

    images

    घिसिङद्वारा दायर रिटमा आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनर्स्थापनाको माग गरिएको छ ।सर्वोच्च अदालतले सार्वजनिक गरेको पेसी सूची अनुसार, घिसिङको निवेदन दोस्रो क्रममा रहेको छ । 

    यसैगरी, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा पनि आजै सुनुवाइ हुने भएको छ । न्यायाधीश मुसलमानको इजलासमै शाक्यद्वारा दायर रिटमा सुनुवाइ हुन लागेको हो । शाक्यको निवेदन पाँचौँ क्रममा छ ।

     


    तेस्रो आँखा