• ट्रेण्डिङ्ग :
रास्वपाका प्रमुख सचेतक परियार चढेको सरकारी गाडीमा राजावादीद्वारा आगजनी

रास्वपाका प्रमुख सचेतक परियार चढेको सरकारी गाडीमा राजावादीद्वारा आगजनी


  • 5.8K
    SHARES
    • चैत्र १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 8.9K Views

    रास्वपाका प्रमुख सचेतक परियार चढेको सरकारी गाडीमा राजावादीद्वारा आगजनी

    काठमाडौं, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् ।

    images

    बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए । त्यस क्रममा अगाडिबाट आएको भिडले रोकेको उहाँले बताउनुभयो ।

    ‘सरकारी नम्बर प्लेट देख्नासाथ रोकेर होहल्ला गर्न थाले । चालक साथी र ममात्रै थियौं । हामी दुवैलाई बाहिर निकालेर गाडीमा आगो लगाए । हामी दुवैजना सकुशल छौं’, उहाँले भन्नुभयो ।

    परियारले आफूलाई नचिनिकन गाडीमा आगजनी गरिएको बताउनुभयो ।


    तेस्रो आँखा