• ट्रेण्डिङ्ग :
राजावादीको छाडापनलाई कडा कारबाही गर्नुपर्छ: अध्यक्ष प्रचण्ड

राजावादीको छाडापनलाई कडा कारबाही गर्नुपर्छ: अध्यक्ष प्रचण्ड


  • 10.6K
    SHARES
    • चैत्र १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 16.3K Views

    राजावादीको छाडापनलाई कडा कारबाही गर्नुपर्छ: अध्यक्ष प्रचण्ड

    काठमाडौँ, १६ चैत । समाजवादी मोर्चाले राजावादीको क्रियाकलापको सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको छ । शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिँदै समाजवादी मोर्चाका नेताहरूले राजावादीको क्रियाकलाप आपराधिक भएको भन्दै सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको हो ।

    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको छाडातन्त्रलाई छुट दिन नसकिने बताउनुभयो । ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको भन्दै उहाँले सरकारले कडा कदम चाल्नुपर्ने जिकिर गर्नुभयो ।

    सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको र ठूलो जनधनको क्षति भएको उनको आरोप थियो । प्रचण्डले काठमाडौँमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

    त्यस्तै नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले राजावादीको क्रियाकलाप आपराधिक रहेकाले सशक्त ढंगले प्रतिवाद गर्ने बताउनु भएको छ । राजावादी समर्थकहरूले शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी तोडफोड गर्दै आगजनी गरेका थिए ।


    तेस्रो आँखा