• ट्रेण्डिङ्ग :
काठमाडौ महानगरद्वारा पूर्वराजा शाहलाई सात लाख ९३ हजार जरिवाना

काठमाडौ महानगरद्वारा पूर्वराजा शाहलाई सात लाख ९३ हजार जरिवाना


  • 12.6K
    SHARES
    • चैत्र १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 19.4K Views

    काठमाडौ महानगरद्वारा पूर्वराजा शाहलाई सात लाख ९३ हजार जरिवाना

    काठमाडौं, चैत १६ । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको छ ।

    images

    काठमाडौं–३२ तीनकुनेमा शुक्रबार पूर्व राजाको पक्षमा भएको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा फोहोर मैला गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गरेको, भौतिक संरचना भत्काएको, निजी सम्पत्तिमा हानी गरेकोसहितका शीर्षकमा महानगरले पूर्वराजा शाहको नाममा शनिबार जरिवाना पत्र काटिएको हो ।

    महानगरद्वारा शनिबार जारी जरिवानासम्बन्धी पत्रमा विभिन्न शीर्षकमा सो रकमको जरिवाना तोकेको हो । हिजो ९शुक्रबार० तीनकुनेमा भएको प्रदर्शनलाई लिएर महानगरले छुट्टाछुट्टै जरिवाना तिराउने निर्णय गरेको छ ।


    तेस्रो आँखा