• ट्रेण्डिङ्ग :
धवल शम्शेर पक्राउ परेको सूचना संसदमा पुग्यो

धवल शम्शेर पक्राउ परेको सूचना संसदमा पुग्यो


  • 9.4K
    SHARES
    • चैत्र १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 14.5K Views

    धवल शम्शेर पक्राउ परेको सूचना संसदमा पुग्यो

    काठमाडौँ, १६ चैत । काठमाडौँ जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ ।

    images

    नेपालको संविधानको धारा (१)३० को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहेका राणा राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा पक्राउ परेका थिए ।


    ‘सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ’ प्रवक्ता गिरीले टेलिफोनमा भन्नुभयो ।


    तेस्रो आँखा