• ट्रेण्डिङ्ग :
उपकुलपतिले राजीनामा दिनुभएको औपचारिक जानकारी आएको छैन : मन्त्री भट्टराई

उपकुलपतिले राजीनामा दिनुभएको औपचारिक जानकारी आएको छैन : मन्त्री भट्टराई


  • 5.2K
    SHARES
    • चैत्र १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 8.1K Views

    उपकुलपतिले राजीनामा दिनुभएको औपचारिक जानकारी आएको छैन : मन्त्री भट्टराई

    काठमाडौं, चैत १७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। केशरजंग बरालले राजीनामा दिनुभएको खबर मिडियाबाट थाहा पाए पनि आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ । 

    images

    आइतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताउनुभएको हो । आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको उहाँको भनाइ छ । उहाँले शनिवार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गर्नुभयो । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्र समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाउनुभयो । 

    मन्त्री भट्टराईले भन्नुभयो,  ‘हिजो बिदाको दिन भयो, त्यसकारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउनेछौँ । समितिलाई जानकारी गराउनेछौँ । जसरी यहाँहरुले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि स्रोत त्यही नै हो । उपकुलपतिले राजिनामा बुझाउनका लागि शिक्षा मन्त्रालय आउनुपर्ने तर हिजोृ बिदा भएकाले सायद नआउनुभएको उहाँले बताउनुभयो । औपचारिक हिसावले कुनैपनि जानकारी हामीसमक्ष नआइपुगेको हुँदा यो बैठकमा जानकारी गराउन सक्दिनँ, अर्को बैठकमा सबैकुरा बुझेर आइसकेपछि जानकारी गराउने प्रतिवद्धता जनाउँछु, उहाँले भन्नुभयो । 

    उपकुलपति प्राडा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिनुभएको समाचार प्रकाशित भएको थियो । उहाँले बिरामीको कारण देखाउँदै राजीनामा दिनुभएको बताइएको छ । 


    तेस्रो आँखा