• ट्रेण्डिङ्ग :
मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर 

मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर 


  • 8.4K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर 

    मकवानपुर, ४ चैत। मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन्। 

    images

    घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारको लागी काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ।

    अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ३३५३ नम्बरको भ्यान बिहीबार राति सवा ९ बजे सडकको भित्तामा ठोकिएको थियो ।


    तेस्रो आँखा