• ट्रेण्डिङ्ग :
राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो


  • 6.1K
    SHARES
    • चैत्र १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 9.4K Views

    राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

    काठमाडौँ, चैत १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ।

    images

    आइतबार म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो। चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरूलाई उक्साएर घटना गराएको आरोपमा पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो। 

    आइतबार नै प्रहरीले म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्‍याएको थियो। त्यसपछि जिल्ला अदालतमा लगेर म्याद थपको प्रक्रिया अघि बढाइएको हो। चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुवै नेताले हिंसा भड्काएको आरोप छ।  


    तेस्रो आँखा