• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीसँग पत्रकार सुरेश रजकका परिवारको भेट

प्रधानमन्त्री ओलीसँग पत्रकार सुरेश रजकका परिवारको भेट


  • 8.0K
    SHARES
    • चैत्र १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 12.4K Views

    प्रधानमन्त्री ओलीसँग पत्रकार सुरेश रजकका परिवारको भेट

    काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सोमबार भेट्नुभएको छ ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाइहरु रमेश रजक र दिनेश रजकलगायत सहभागी हुनुहुन्थ्यो ।


    तेस्रो आँखा