• ट्रेण्डिङ्ग :
रास्वपाले चितवनबाट ‘जनताको कुरा सुन्ने जनयात्रा’ को सुरुवात गर्दै

रास्वपाले चितवनबाट ‘जनताको कुरा सुन्ने जनयात्रा’ को सुरुवात गर्दै


  • 7.2K
    SHARES
    • चैत्र १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 11.1K Views

    रास्वपाले चितवनबाट ‘जनताको कुरा सुन्ने जनयात्रा’ को सुरुवात गर्दै

    काठमडौं, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनबाट ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ को सुरुवात गर्ने भएको छ ।

    images

    सोमबार बसेको रास्वपाको केन्द्रिय समितिको बैठकमा सभापति रवि लामिछानेले यसबारेमा जानकारी दिनुभयो । उहाँका अनुसार उक्त जनयात्राको सुरुवात चितवनबाट यही चैत्र २३ गतेबाट गरिनेछ ।

    ओली नेतृत्वको गठबन्धन सरकारले अर्को प्रहार गर्नसक्ने भएकाले अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभई जनताको तन्त्र भएको बताउनुभयो ।

    गणतन्त्रमा पनि सुधार आवश्यक रहेको बताउँदै सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्ने र त्यसमा केही पास भएको तथा केही फेल भएको उनले उल्लेख गर्नुभयो ।

    उहाँले हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि आफुहरुले नेतृत्व लिने समेत रास्वपा सभापति लामिछानेले बताउनुभयो ।


    तेस्रो आँखा