• ट्रेण्डिङ्ग :
१६ वर्षपछि त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचन : मतदान जारी

१६ वर्षपछि त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचन : मतदान जारी


  • 4.9K
    SHARES
    • चैत्र १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.5K Views

    १६ वर्षपछि त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचन : मतदान जारी

    काठमाडौं, चैत १९ । त्रि–चन्द्र बहमुखी क्याम्पसमा मङ्गलबार बिहानदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान जारी रहेको छ ।

    images

    त्रि–चन्द्रका क्याम्पस प्रमुख प्रा।डा। निलम श्रेष्ठ प्रधानका अनुसार सोमबार विद्यार्थीको सर्वदलीय बैठक बसेर सहमति भएपछि आज बिहानदेखि मतदानको वातावरण बनेको हो ।

    निर्वाचन अधिकृत डा। अंगतमणि गौतमले त्रि–चन्द्र क्याम्पसमा १६ वर्षपछि शान्तिपूर्ण वातावरणमा मतदानको स्थिती निर्माण भएको बताउनुभयो ।

    उहाँले आज बिहान ११ः३० बजेसम्म तीन सय मत खसेको जानकारी दिनुभयो । उहाँका अनुसार जम्मा मतदाताको सङ्ख्या सात हजार ६९१ रहेको छ ।

    त्रिविले देशैभरका आङ्गक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो । तर सो दिन निर्वाचन हुन नसकेपछि त्रि–चन्द्र क्याम्पसमा निर्वाचनको मिति चैत १३ गते सरेको थियो । 

    उक्त दिन पनि निर्वाचन हुन नसकेपछि मङगलबार भने त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचनमा मतदान भइरहेको छ ।


    तेस्रो आँखा