बोहोराका स्वकीय सचिव तारामणि चन्दका अनुसार थेरापीकाक्रममा घरमै अक्सिजनको मात्र एक्कासी घटेपछि ओम अस्पताल पुयाउँदा अस्पतालले मृत घोषणा गरेको हो ।
अहिले उहाँको पार्थिव शरीर नेपाली सेनाको आर्मीको स्काई ट्रकबाट निर्वाचन क्षेत्र भैरहवामा लाने तयारी भइरहेको छ ।
श्रद्धाञ्जलीका लागि आज दिनभर भैरहवामा राखेर साँझ काठमाडौं ल्याइने छ । उहाँलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी कार्यालयमा राखेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
सोमबार मात्र बोहोराको ७३ औं जन्मदिन मनाइएको थियो ।
उहाँ २०७९ सालको निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । चुनावताका बालवाला गृहमन्त्री बालकृष्ण खानलाई पराजित गर्दै उहाँ विजयी बन्नुभएको हो ।
उहाँकी छोरीको केही समयअघि मात्र निधन भएको थियो ।
