• ट्रेण्डिङ्ग :
रास्वपा नेताद्वारा सभामुखलाई समक्ष लामिछानेको निलम्बन फुकुवाको माग

रास्वपा नेताद्वारा सभामुखलाई समक्ष लामिछानेको निलम्बन फुकुवाको माग


  • 10.2K
    SHARES
    • चैत्र १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 15.7K Views

    रास्वपा नेताद्वारा सभामुखलाई समक्ष लामिछानेको निलम्बन फुकुवाको माग

    काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित नेताहरुले सभामुख देवराज घिमिरेलाई भेटनुभएको छ । पार्टी सभापति लामिछानेको निलम्बन फुकुवा गर्नको लागि दवाव दिन नेताहरु मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालय पुग्नुभएको हो ।

    images

    भेटमा लामिछानेको निलम्बन फुकुवा गर्ने विषयमा सभामुखसँग वार्ता गर्नुभएको हो । पार्टीले एक महिनाअघि सभापति लामिछानेको निलम्बन फुकुवा गर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको थियो । तर त्यो पत्रको सुनुवाई अहिलेसम्म नभएपछि पुनः सभामुखकहाँ गएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    सोमबार, लामिछाने पार्टी कार्यालयमा ६ महिनापछि उपस्थित भएका थिए र सभापतिको हैसियतमा बैठकको अध्यक्षता गर्नुभएको थियोे । उहाँले सम्बोधन गर्दै भन्नुभयो, ‘राज्यले राजनीतिक प्रतिशोधको रूपमा मलाई दुःख दिएको छ, तर म अहिले पनि जिउँदै छु, यो मेरो जित हो ।’


    तेस्रो आँखा