एमाले महाधिवेशन : चितवनका यी सडकमा सवारीसाधन प्रवेशमा रोक

एमाले महाधिवेशन : चितवनका यी सडकमा सवारीसाधन प्रवेशमा रोक


  • 6.0K
    SHARES
    • मंसिर ९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    एमाले महाधिवेशन : चितवनका यी सडकमा सवारीसाधन प्रवेशमा रोक
    चितवन, ९ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रममा सौराहामा हुनेछ । 

    उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्षनेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको हो । 

    images

    पुलचोकदेखि चौबिसकोठी हुँदै केन्द्रीय बसपार्क चोकसम्म, हाकिमचोक देखि गौरीगन्ज जाने सडक, चौबिसकोठीदेखि त्रिचोक खण्ड, सहिद चोकबाट उत्तर र दक्षिण जाने खण्ड, पुलचोकबाट उत्तर र दक्षिण जाने खण्ड र रमाइलो चोकबाट विशाल चोक निस्किने खण्डमा सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ । 

    ट्राफिक व्यवस्थापनका लागि भन्दै सार्वजनिक गरिएको नक्सामा रातो धर्को तानिएको सडक खन्डमा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।
     


    तेस्रो आँखा