• ट्रेण्डिङ्ग :
भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु


  • 6.9K
    SHARES
    • चैत्र १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 10.6K Views

    भीरबाट लडेर एक जनाको मृत्यु

    दोलखा, चैत २० । दोलखाको गौरीशङकर गाउँपालिका–१ जुगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ ।

    images

    लडेर घाइते कार्कीको उपचारको क्रममा मङ्गलबार राति ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मङ्गलबार दिउँसो करिब ३ बजे घरबाट घाँस काट्न गएका कार्की गाउँको तिरेपु भीरबाट तल खसेर घाइते अवस्था फेला पर्नुभएको थियो । लडेर घाइते भएका निजलाई प्रभु एयर हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । 

    लडेर घाइते भएका कार्कीको टाउँकोमा गहिरो चोट लागेकाले बोल्न नसक्ने अवस्थामा उपचारका लागि तत्काल काठमाडौं लगिएको थियो ।  


    तेस्रो आँखा