• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता


  • 8.6K
    SHARES
    • चैत्र १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 13.3K Views

    प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

    बैङकक, चैत २० । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबिच बुधबार भेटवार्ता भएको छ ।

    images

    भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा। युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्थ्यो ।

    त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको  समकक्षी शिनावात्राले स्वागत गर्नुभएको थियो ।

    परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबिच विभिन्न छ सहमतिपत्र आदानप्रदान हुनेछ ।

    सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावात्राले आयोजना गर्नुभएको दिवभोजमा सहभागी हुनुहुनेछ । प्रधानन्त्री ओलीले आजै थाइ नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

     


    तेस्रो आँखा