• ट्रेण्डिङ्ग :
सहकारी संस्थालाई उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य

सहकारी संस्थालाई उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य


  • 3.9K
    SHARES
    • चैत्र १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.0K Views

    सहकारी संस्थालाई उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य

    घोराही, चैत २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्नका लागि सहकारी संस्था उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ। 

    images

    ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थालाई पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन सहकारी संस्था लाग्नुपर्ने बताउनुभएको हो। 

    सहकारी संस्थाले स्थानीय उत्पादनमा जोडिन सके आर्थिक समृद्धिसँगै रोजगारीका अवसर सिर्जना हुने भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘जुन लक्ष्य र उद्देश्य बोकेर सहकारी स्थापना भएका छन्। त्यो उद्देश्य अनुसार काम गर्नुपर्छ।’ किसानको उत्पादन बजारसम्म पुर्याउन र आयआर्जन बढाउन सहकारी सस्थाहरुले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै मुख्यमन्त्री आचार्यले हरेक सहकारी संस्था उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभएको हो। 

    सहकारी सस्था समाजवादको आधारशीला भएको र प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको थियो। पछिल्लो समय सहकारी आफ्ना लक्ष्य, उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या उत्पन्न भएको र त्यसलाई ट्याकमा ल्याउने काम प्रदेश सरकारले गरिरहेको बताउनुभएको थियो। 

    केही सहकारी संस्थाको बदमासीका कारण सहकारीप्रति नागरिकले प्रश्न ठड्याउने परिस्थिति निर्माण भएको भन्दै मुख्यमन्त्री आचार्यले सहकारी सस्थालाई आफ्नो उद्देश्य अनुसार बाहिर नजान आग्रह गर्नुभएको थियो। 

    राम्रो काम गर्ने सहकारी अभियन्ता विचलित हुने अवस्था आउन नदिने भन्दै उहाँले उपभोक्ताको रकम अपचलन गर्नेलाई निरुत्साहित गर्ने, कानुनी दायरामा ल्याउने काम भइरहेको बताउनुभएको थियो। राम्रो काम गरेका सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको भन्दै उहाँले सहकारी अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको थियो।  


    तेस्रो आँखा