• ट्रेण्डिङ्ग :
रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय

रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय


  • 12.3K
    SHARES
    • चैत्र १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 19.0K Views

    रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय

    काठमाडौँ, चैत २० । गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दसरदस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। 

    images

    गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो। 

    उहाँका अनुसार गृह मन्त्रालयले सो निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने जानकारी दिनुभयो।

    त्यसैगरी गृहमन्त्री रमेश लेखकले मिडियाको सुरक्षामा संवेदनशील हुनसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।


    तेस्रो आँखा