स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते (कार्यतालिकासहित)

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते (कार्यतालिकासहित)


  • 9.9K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता  वैशाख ११ र १२ गते (कार्यतालिकासहित)

    काठमाडौं, ४ चैत। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी वैशाख ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगको शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार वैशाख १२ गते नै मनोनयन दर्ताको सूची प्रकाशन गरिने छ । 

    images

    आयोगले उमेदवारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । कार्यतालिका अनुसार उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेसम्मको समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

    यस्तै, वैशाख ३० मा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ ।

    election.jpg

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप