• ट्रेण्डिङ्ग :
पार्टीलाई २०६४ को अवस्थामा पुर्‍याउन जागरण अभियानमा छौँ : अध्यक्ष प्रचण्ड

पार्टीलाई २०६४ को अवस्थामा पुर्‍याउन जागरण अभियानमा छौँ : अध्यक्ष प्रचण्ड


  • 5.2K
    SHARES
    • चैत्र २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 8.1K Views

    पार्टीलाई २०६४ को अवस्थामा पुर्‍याउन जागरण अभियानमा छौँ : अध्यक्ष प्रचण्ड

    बर्दिया, चैत २२ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई २०६४ अवस्थामा फर्काउन पार्टीले जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ। 

    images

    जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्र्तगत हुलाकी राजमार्गमा पूर्वदेखि पश्चिमसम्मका जिल्लामा तराई जागरण अभियानका क्रममा बर्दियाको गुलरिया पुग्नुभएका अध्यक्ष प्रचण्डले सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। 

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै गर्दा आफूले भने बमोजिम लोकतन्त्रिक मूल्य मान्यता र जनताको आकाङ्क्षालाई केन्द्रमा राखेर सरकारका गलत कामलाई सार्वजनिक गर्न तराई मधेश जागरण सभामा सक्रिय भएको बताउनुभयो। 

    कार्यक्रममा माओवादीका उपाध्यक्ष पम्फा भुसाल, नेता कृष्णबहादुर महरा, महासचिव देव गुरुङलगायत सहभागी हुनुहुन्थ्यो।  


    तेस्रो आँखा