• ट्रेण्डिङ्ग :
कालीगण्डकी नदीमा एक पुरुष मृत फेला

कालीगण्डकी नदीमा एक पुरुष मृत फेला


  • 4.7K
    SHARES
    • चैत्र २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.2K Views

    कालीगण्डकी नदीमा एक पुरुष मृत फेला

    पाल्पा, चैत २२ गते । माछा मार्न भनी हिँडेका एक पुरुष कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको छ । रम्भा गाउँपालिका–१ असेर्दीका ५२ वर्षीय सञ्जय बोटे रम्भा–१, बिसमुरे घाटमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

    images

    बिहीबार दिउँसो घरबाट माछा मार्न कालीगण्डकी नदी तर्फ जानु भएका उहाँ साँझ अबेरसम्म घर नफर्किएपछि आफन्त, छिमेकी र प्रहरीले खोजतलास सुरु गरेका थिए ।

    खोजतलासको क्रममा शुक्रबार दिउँसो १ बजे नदीमा उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो ।

    प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्ट मार्टमका लागि रामपुर अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा