• ट्रेण्डिङ्ग :
तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍ययाउन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍ययाउन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह


  • 4.5K
    SHARES
    • चैत्र २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.0K Views

    तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍ययाउन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

    काठमाडौं, २२ चैत । राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

    images

    काठमाडौँको तीनकुनेसहित आसपासका क्षेत्रमा यही चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो ।

    आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएका भनिएका प्रदर्शन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको उल्लेख गर्दै निजलाई बिनापूर्जी निजको घरमा प्रहरी निगरानीमा राखिएको आयोगले जनाएको छ ।

    उक्त टोलीले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे विभिन्न अस्पतालमा पुगी जानकारी लिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

    घटना भएको दिन आयोगले विभिन्न टोली बनाइ अनुगमन गरी मानवीय तथा भौतिक क्षतिको अवस्था र मानवअधिकारको उल्लङ्घनका विषयलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

    आयोगमा उक्त घटनासँग सम्बन्धित थप उजुरी र ज्ञापन पत्रसमेत प्राप्त भएका जनाइएको छ ।


    तेस्रो आँखा