• ट्रेण्डिङ्ग :
बिमस्टेकका सदस्य राष्ट्रका प्रमुखलाई सगरमाथा संवादको निम्तो

बिमस्टेकका सदस्य राष्ट्रका प्रमुखलाई सगरमाथा संवादको निम्तो


  • 5.0K
    SHARES
    • चैत्र २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 7.7K Views

    बिमस्टेकका सदस्य राष्ट्रका प्रमुखलाई सगरमाथा संवादको निम्तो

    काठमाडौं, चैत २३ । प्रधानमन्त्री ओलीले आफ्नो थाइल्याण्ड भ्रमणका क्रममा दुई पक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताउनुभएको छ ।

    images

    थाइल्याण्ड भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट जारी प्रेस विज्ञप्ति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृतबहादुर राईले वाचन गर्दै भ्रमण सफल र फलदायी भएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो,  ‘‘नेपालको तर्फबाट प्रधानमन्त्रीस्तरमा थाइल्याण्डको पहिलो औपचारिक भ्रमण भएको यहाँहरुलाई पहिला नै अवगत भइसकेको छ । मेरो भ्रमणको उद्देश्य नेपाल र थाइल्याण्डबिच सदियौँदेखि कायम रही आएको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशबिचको सामाजिक सांस्कृतिक एवम् जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने, दुई पक्षीय आर्थिक दायरालाई विस्तार गर्ने र राष्ट्रिय समृद्धिको राष्ट्रिय आकाङ्क्षाको हासिल गर्न थाइ सरकार र निजी क्षेत्रको सहकार्यलाई अभिवृद्धि गर्नु रहेको थियो । ’’ 

    पराराष्ट्र सचिव राईले प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण दुई देशबिचको सम्बन्ध विस्तार तथा दुई पक्षिय आर्थिक दायरा विस्तार गर्दै निजी क्षेत्रको सहकार्यको अभिवृद्धि गर्नुलगायतका उद्देश्य रहेको बताउनुभयो । उहाँले नेपालको तर्फबाट प्रधानमन्त्री स्तरको पहिलो थाइल्याण्ड भ्रमण भएको जानकारी दिनुभयो ।

    उहाँले थाइल्याण्डले नेपालको कृषि, पर्यटन तथा सूचना प्रविधिमा लगानी एवम् प्रविधि हस्तान्तरण गर्ने सहमति भएको बताउनुभयो । उहाँले नेपाल र थाइल्याण्डबिच दुई वटा र निजी क्षेत्रका व्यवसायीबिच आर्थिक लगानीका विषयमा सहकार्य गर्न ६ वटा सम्झौता भएको बताउनुभयो ।

    ‘‘थाइल्याण्डले दक्षता हासिल गरेको पर्यटन, कृषि तथा सूचना प्रविधिलगायतका क्षेत्रहरुमा थाइ लगानी तथा प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न थाइल्याण्ड सरकार तयार रहेको बिचार प्रधानमन्त्री शिनाबात्रले व्यक्त गर्नुभयो । शिक्षा तथा मानव संसाधन विकासका लागि दुई पक्षिय सहयोग अभिवृद्धि गर्दै लैजाने विषयमा समेत महत्त्वपूर्ण र सार्थ कुराकानी भएका छन् ।,’’ सचिव राईले भन्नुभयो, ‘‘दुई देशका सम्बन्ध सुदृढीकरणका साथ साथै जलवायु परिवर्तन, दीगो विकास विश्व शान्तिलगायतका साझा चासोका विषयहरुमा क्षेत्रिय तथा बहुपक्षिय मञ्चहरुमा आपसी सहयोग र सहकार्य तप बलियो र प्रभावकारी बनाउने बारेमा दुई पक्षबिच सहमति भएको छ । भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्याण्ड सरकारबिच आपसी सहयोग आदान प्रदान गर्न पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धमा दुई छुट्टा छुट्टै सम्झौताहरु हस्ताक्षर भएका छन् । त्यस्तै दुई देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुबिच आपसी सहकार्यका लागि ६ वटा भिन्दा भिन्दै सम्झौतामा हस्ताक्षर भएको छ ।’’

    प्रधानमन्त्री ओलीको तर्फबाट प्रेस वक्तव्य वाचन गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले थाइल्याण्डको प्रख्यात सूचना प्रविधि संस्था एशियन इन्स्टिच्युट टेक्नोलोजी ९एआइटी० मा सम्बोधन गर्नुभएको बताउनुभयो । उक्त संस्थाले हालसम्म १८ सय नेपाली विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेको बताउँदै उहाँले नेपाली विद्यार्थीलाई नेपाल फर्किएर आफूले जानेको प्रविधिमार्फत नेपालको विकासमा योगदान पु¥याउन प्रधानमन्त्री ओलीले प्रेरित गर्नुभएको जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यासायीहरुलाई नेपालमा वैदेशिक लगानी सरल, सुरक्षित र प्रतिफलमुखी बनाउन उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

    सचवि राईले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विमस्टेक राष्ट्रका समकक्षीहरुसँग छुट्टाछुट्टै भेट गरी दुई पक्षीय आपसी सम्बन्ध र हितका विषयमा कुराकानी र छलफल भएको जानकारी दिनुभयो । त्यस्तै नेपालमा गर्न लागेको सगरमाथा संवादमा भाग लिन बिमस्टेक राष्ट्रका प्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले निमन्त्रणापत्र प्रदान गर्नुभएको बताउनुभयो ।


    तेस्रो आँखा