• ट्रेण्डिङ्ग :
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ

घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ


  • 6.8K
    SHARES
    • चैत्र २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 10.4K Views

    घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ

    काठमाडौँ, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार चितवनको भरपुरस्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको हो । 

    images

    पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेता कार्यकर्ताले घण्टी बजाउँदै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए । 
     
    सत्तामा बस्नेहरूले प्रतिशोधको ज्वाला दन्काउँदा पनि निर्भिक र निडर भई  राष्ट्रिय स्वतन्त्र पार्टी देश निर्माणको यात्रामा अटल, अडिग र अविचलित रूपमा अगाडि बढिरहेको र यही यात्राको अर्को श्रृङ्खला जनयात्रा भएको रास्वपाको भनाइ छ । 

    रास्वपाले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र गलत नीति तथा गतिविधिहरू विरुद्धको लडाइँमा आवाज अझ बुलन्द गर्ने बेला आएको जनाएको छ । ‘सत्तामा बसेकाहरूलाई  तिमीहरूको अत्याचार अति भयो नसच्चिने भए सक्किन तयार बस भनेर शंखनाद गर्ने बेला आएको छ । गाउँ गाउँमा जाने बेला आएको छ । बस्ती बस्तीमा पुग्ने बेला आएको छ’, रास्वपाको भनाइ छ । 

    कार्यक्रमको शुभारम्भ सभापति रवि लामिछानेसहितका नेताहरूको उपस्थितिमा हुने भनिएपनि त्यसअघि नै उनी शुक्रबार पक्राउ परेका थिए । सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार उनी पक्राउ परेपनि जनयत्रालाई जारी राख्ने गएराति बसेको रास्वपा केन्द्रीय सचिवालयको निर्णय गरेको थियो ।

    पार्टीको घोषणाअनुसार चितवनबाट जनयात्रा शुभारम्भ गर्ने निर्णय भने लामिछानेकै अध्यक्षतामा चैत १८ मा बसेको बैठकले गरेको थियो ।


    तेस्रो आँखा