• ट्रेण्डिङ्ग :
केपी ओली कप क्रिकेट ; स्याङ्जा र काठमाडौँको विजयी सुरुवात

केपी ओली कप क्रिकेट ; स्याङ्जा र काठमाडौँको विजयी सुरुवात


  • 9.0K
    SHARES
    • चैत्र २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 13.9K Views

    केपी ओली कप क्रिकेट ; स्याङ्जा र काठमाडौँको विजयी सुरुवात


    कास्की, चैत २३ । केपी ओली कप टी–२० राष्ट्रिय खुुला पुरुष क्रिकेट प्रतियोगितामा स्याङ्जा र काठमाडौँले विजयी सुरुवात गरेको छ । 

    images

    पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हरायो । जितका लागि एक सय ६२ रनको लक्ष्य पाएको स्याङ्जाले पोखरालाई एक सय ३८ रनमा  रोक्दै विजयी भएको हो । 

    पोखराले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रन मात्रै जोड्न सकेको थियो । स्याङ्जाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६१ रन बनाएको थियो । 

    यस्तै दोस्रो खेलमा काठमाडौँले हेटौँडालाई ११ रनले हरायो । जितका लागि एक सय ५२ रनको लक्ष्य पाएको हेटौँडा २० ओभरमा एक सय ४० रनमै अलआउट हुन पुग्यो । टस जितेर पहिले ब्याटिङ थालेको सिइसी काठमाडौँले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो ।

     मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा सुरु भएका प्रतियोगिातमा १६ टिमको सहभागिता रहेको छ । वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले उपाधिसहित १० लाख र उपविजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने छ । 

    यस्तै म्यान अफ दी सिरिजलाई ३० हजार, बेष्टबलर, बेष्टब्याटरलाई जनही १० हजार र म्यान अफ दी म्याचलाई पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

    प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन गरिएको छ । यसअघि पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।


    तेस्रो आँखा