• ट्रेण्डिङ्ग :
तुलसीपुरमा वन मौरीले टोक्दा पाँच जना घाइते

तुलसीपुरमा वन मौरीले टोक्दा पाँच जना घाइते


  • 7.3K
    SHARES
    • चैत्र २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 11.2K Views

    तुलसीपुरमा वन मौरीले टोक्दा पाँच जना घाइते

    तुलसीपुर चैत, २५ ।  तुलसीपुर उपमहानगरपालिका–३ डाँडाकुट्टीमा आइतबार साँझ वन मौरीको टोकाइबाट पाँच जना घाइते भएका हुन् । आइतबार साँझ ६ बजेतिर बाटो हिँड्ने क्रममा मौरीले टोक्दा घाइते भएको प्रहरीले जनाएको हो ।

    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । 

    घाइते हुनेमा ३५ वर्षीया मनकुमारी केसी, उहाँका १० वर्षीय छोरा यमलाल केसी, ४० वर्षीय बसन्त बुढाथोकी, उहाँकी श्रीमती ४० वर्षीया शिवा बुढाथोकी र दुई वर्षीय छोरा ऋषिराज बुढाथोकी रहनुभएको छ ।


    तेस्रो आँखा