• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै


  • 7.9K
    SHARES
    • चैत्र २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 12.2K Views

    रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

    बुटवल, २५ चैत । बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पुर्व गृहमन्त्री रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको हो । 

    images

    आज कार्यालय खुलेपछि प्रक्रिया पुराएर कारागार लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।


    तेस्रो आँखा