काठमाडौं, चैत २५ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकको एजेन्डा भने खुलाइएको छैन, तर नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयमा छलफल हुने सम्भावना छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ मा सकिएको थियो, त्यसपछि उक्त पद रिक्त भएको छ ।
