• ट्रेण्डिङ्ग :
लामिछाने रुपन्देही अदालतमा उपस्थित, आजै थुनामा पठाउने तयारी

लामिछाने रुपन्देही अदालतमा उपस्थित, आजै थुनामा पठाउने तयारी


  • 7.3K
    SHARES
    • चैत्र २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 11.2K Views

    लामिछाने रुपन्देही अदालतमा उपस्थित, आजै थुनामा पठाउने तयारी

    काठमाडौं, २५ चैत । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पुर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको छ । शनिबार बिहानै उनलाई विमानमार्फत भैरहवा ल्याइएपछि केहीबेरअघि अदालतमा पेश गरिएको हो ।

    images

    बुटवलस्थित सुप्रिम सहकारी संस्थासँग जोडिएको ठगी मुद्दामा लामिछानेको संलग्नता देखिएको भन्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पक्राउ आदेश दिएको थियो । सोही आदेशअनुसार शुक्रबार उनलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार अदालतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएपछि लामिछानेलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको छ । उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन अदालतबाट म्याद लिने प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ ।

     

    यस प्रकरणमा लामिछानेलाई सहकारी सञ्चालकहरूसँग मिली करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । यसअघि लामिछानेले सार्वजनिक रूपमा आफू निर्दोष रहेको र सहकारी काण्डसँग कुनै सम्बन्ध नभएको दाबी गर्दै आएका थिए । तर अदालतको आदेशपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।


    तेस्रो आँखा