• ट्रेण्डिङ्ग :
अदालतको आदेशप्रति केही भन्नु छैन : रवि लामिछाने

अदालतको आदेशप्रति केही भन्नु छैन : रवि लामिछाने


  • 10.0K
    SHARES
    • चैत्र २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 15.3K Views

    अदालतको आदेशप्रति केही भन्नु छैन : रवि लामिछाने

    काठमाडौँ, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पुर्व गृहमन्त्री रवि लामिछानेले अदालतको आदेशप्रति आफ्नो केही भनाई नरहेको बताउनु भएको छ ।

    images

    सोमबार ९आज० जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्‍याएर लामिछानेलाई भैरहवा कारागार पठाएको हो । यस क्रममा पत्रकारहरूले उहाँलाई ‘अदालतको आदेश प्रति भन्नु केही छ रु’ भनेर प्रश्न गर्नु भएको थियोे ।

    उक्त प्रश्नको जवाफ फर्काउँदै उहाँले भन्नुभयो ‘केही छैन, केही छैन ।’

    लामिछानेलाई शुक्रवार राति काठमाडौँ स्थित आफ्नो घरबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई चैत २३ गते बिहान ९स्१२ बजे यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल ल्याइयो र यहाँको हिरासतमा राखिएको थियो ।

    सरकारी बिदाका कारण उहाँले दुई दिन हिरासतमा बिताए, र आज उनलाई जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पठाइएको डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो । अब, अदालतको फैसला नभएसम्म लामिछाने सोही कारागारमा रहनेछन् ।

    गत शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको नेतृत्वमा उक्त आदेश जारी भएको थियो ।

    यसअघि, जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालतको आदेशले यो धरौटी आदेशलाई खारेज गरिदिएको थियो ।


    तेस्रो आँखा