• ट्रेण्डिङ्ग :
लामिछानेलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा सिंगल राखियो

लामिछानेलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा सिंगल राखियो


  • 11.2K
    SHARES
    • चैत्र २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 17.2K Views

    लामिछानेलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा सिंगल राखियो

    काठमाडौँ, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति  एवम् पुर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवा कारागारको ब्लक नं ४, मा एक्लै राखिएको छ । सबै प्रक्रिया पुरा गरेर उहाँलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा एक्लै राखिएको कारागार प्रशासक सुरेश भण्डारीले बताउनुभयो ।

    images

    उहाँका अनुसार अहिले रवि लामिछानेको स्वास्थ्य अवस्था पनि ठिक छ ।

    उहाँले भैरहवा कारागारमा कैदिबन्दी राख्नका लागि ४ ओटा ब्लक ब्लक मध्य ४ नम्बर ब्लकमा रविलाई राखेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘त्यस्तो छुट्टै छैन । हाम्रो ४ ओटा ब्लक छ, ४ ओटा ब्लक मध्य ४ नम्बर ब्लकमा राखेका छौँ ।’

    उहाँले अहिले रविलाई उक्त ब्लकमा एक्लै राखिएको बताउनुभयो । उहाँले कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप कैदी पनि राख्न सकिने बताउनु भएको थियोे।

    ‘उहाँ बसेको अहिले सिंगल छ । पछि हामी कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप गर्ने पनि हुनसक्छ ।’

    उहाँले हाल भैरहवा कारागारमा ५ सय ४९ जना कैदिबन्दी रहेको बताउनुभयो ।

    लामिछानेलाई गत शुक्रवार राति काठमाडौँ स्थित आफ्नो घरबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई चैत २३ गते बिहान ९स्१२ बजे यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल ल्याइयो र यहाँको हिरासतमा राखिएको थियो ।

    सरकारी बिदाका कारण उनले दुई दिन हिरासतमा बिताए, र आज उनलाई जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पठाइएको डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो। अब, अदालतको फैसला नभएसम्म लामिछाने सोही कारागारमा रहनुनेछ ।

    गत शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको नेतृत्वमा उक्त आदेश जारी भएको थियो ।

    यसअघि, जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालतको आदेशले यो धरौटी आदेशलाई खारेज गरिदिएको थियो ।


    तेस्रो आँखा